सर्लाहीबाट काठमाडौँ आउँदै गरेको विङ्गर हाईस  सिन्धुलीमा दुर्घटना,  हुँदा ११ जना घाइते  

काठमाडौँ । सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ११ः४० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ सुनकोशी मरीन डाईभर्सनमा विङ्गल हाईस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनापछि सशस्त्र प्रहरीको विपद व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोर सहित ७ जना खटिएका छन् ।

घाइतेलाई उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोट लगिएको छ ।