रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा काठमाडौँ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी छोरी ७ वर्षीया श्वेता रहेको प्रहरी उपरिक्षक घिमिरेले बताए ।

घाइते भएका सुन्दरपुरकै २५ वर्षिय अमलेश ठाकुरको गौरमा उपचार भइरहेको छ । जीपमा  सवार १२ जनारहेकोमा अन्य व्यक्तिको अवस्था सामान्य रहेको बताइएको छ । 
 ।