बागमती प्रदेश सभाको बैठक जेठ ३२ गते बस्ने

मकवानपुर - बागमती प्रदेश सभाको बैठक यही जेठ ३२ गते बस्ने आह्वान गरिएको छ । 

बैठक अपराह्न २ बजे बस्ने गरी सोमबार आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रमुख सचिव खड्का अनुसार आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक सर्वेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

उक्त बैठकका लागि कार्यसूची तयार पार्न जेष्ठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक पनि आह्वान गरिएको प्रमुख सचिव खड्काले बताए ।