मोटरसाइकल चोरीमा संलग्न रसुवाका सागर तामाङ पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौँ कपुरधारा बस्ने रसुवा आमाछोदिङमो गाउँपालिका-३ गतलाङ घर भएका १९ वर्षीय सागर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ गोंगबुबाट ग.२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।