माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधाज्ञा हटाइयो   

काठमाडौँ । काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ।

निषेधित क्षेत्र तोक्ने काठमाडौँ जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो । प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ।

प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४ गते २ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी गरेको थियो।