अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य बनाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय  

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा अन्जान शाक्यलाई सिफारिस गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरिने राष्ट्रिय सभा सदस्य पद रिक्त थियो ।

शाक्य नेकपा (एमाले) विदेश विभाग सचिव पनि हुन् ।