प्रधानन्यायाधीश नियुक्त गर्न बारको १० दिने अल्टिमेटम

काठमाण्डौँ - नेपाल बार एशोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएको छ । बारले प्रधानन्यायाधीश नियुक्त गर्न यसअघिदेखि नै आवाज उठाउँदै आएको थियो । 

आज पत्रकार सम्मेलन गर्दै एशोसिएशनले अबको डेढ साताभित्र पनि प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्नेसम्मको चेतावनी दिएको हो ।