प्रधानमन्त्री प्रचण्डले गरे ओलीसँग छलफल, क्याबिनेटबाट संसद अधिवेशन अन्त्यको तयारी   

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र)  का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र सत्तारूढ एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

दुई नेताहरूबीच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइएको छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्डले ओलीसँग छलफल गरेका हुन् ।

आजको क्याबिनेटबाट संसदको अधिवेशन अन्त्यको तयारी छ ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ।