क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट दिने

काठमाडौँ । यती एयरलाइन्सले  क्यान्सरका बिरामीलाई  निःशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ ।

उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।

नेपालभरका क्यान्सरका बिरामीलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता भएको  यतीका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । 

निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्छ ।  कागजातका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र उपलब्ध गराइने र उपचारका निम्ति आउनुअघि टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको सो इन्स्टिच्युटका उपाध्यक्ष डा.निकिता कार्कीले जानकारी दिइन् ।