वैदेशिक रोजगार विभागका कर्मचारी १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका कर्मचारी घुससहित पक्राउ परेका छन् ।

विभागका कर्मचारी प्रमोद निरौलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेको अख्तियारले जनाएको छ । निरौला विभागमा आर्थिक प्रशासन शाखा लेखापालको रुपमा कार्यरत थिए ।