आईसीसी विश्वकप लिग-२ : टियु मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ - आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्दैछ ।

लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो । खेल कीर्तिपुरस्थित टियु मैदानमा आइतबार बिहान ९ बजे सुरु हुनेछ । त्रिकोणात्मक सिरिज अन्तर्ग पहिलो खेलमा पपुवा न्यु गिनी पीएनजींलाई पराजित गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ ।

विश्वकप लिग २ को शीर्ष तीन टिममा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले जित्नै पर्ने दबाब छ । बाँकी तीन खेलमा विजयी भए मात्र नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ ।