आजको मौसमः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

कामाण्डौँ - आज प्रदेश नं १, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश १, गण्डकी,  कर्णाली र सुदूरपश्चिमका  पहाडी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । भोलि र पर्सी देशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अुनरोध गरेको छ ।