मौद्रिक नीति आजै सार्वजनिक हुने सम्भावना कति ? सेयर बजारका लागि के छ नयाँ ? 

काठमाण्डौँ - चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आजै साँझ आउने सम्भावना देखिएको छ ।  
नीति तथा अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिलाई पारित गर्ने उद्देश्यले राष्ट्रबैंकले सञ्चालक समितिको बैठक आजै साँझ ५ बजेपछि बोलाएको छ । 

यदि आजको सञ्चालक समितिले मौद्रिक नीतिको समीक्षा पारित गरे आजै साँझ सार्वजनिक गरिने नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतले जानकारी दिएको छ । सेयर धितो कर्जाको जोखिम भार, सीमा लगायतका विषयमा समेत केही लचक व्यवस्था आउनसक्ने बताइएको छ । तर, यी सबै  विषय सञ्चालक समितिले पारित गर्नुपर्ने हुन्छ ।