धादिङ,काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा !

 काठमाडौँ - धादिङ, काठमाडौं उपत्यकासहितका जिल्लामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो । 

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए । “उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन”, उनले भने, “अबको दुई(तीन घण्टामा वर्षा रोकिएर काठमाडौंको आकास खुल्नेछ ।”

 पछिल्लो एक घण्टामा काठमाडौं बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको झाले बताए । मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए ।