माओवादी स्थायी कमिटी बैठक आज पनि बस्ने 

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ । 

बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।