हैजा संक्रमणको हब बन्यो ललितपुर, पाँच जिल्लामा संक्रमित संख्या ४७ पुग्यो

काठमाडौँ । पछिल्लो केही दिनयता ललितपुर जिल्लामा हैजा संक्रमितको संख्या ह्वातै बढेको छ ।

ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा गरि ३४ जनामा हैजा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको इडीसीडीले  जनाएको  छ ।

संक्रमित हुनेमा २० महिला र २७ पुरुष छन् ।  १४ वर्षमुनिका आठजनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।