चितवनमा भारी वर्षा, नारायणीले सतर्कता तह पार गर्ने  

काठमाडौँ ।  चितवनमा भारी वर्षा भइरहेको छ । जिल्लाको झुवानी, रामपुर, शक्तिखोर र आसपास वर्षामापन केन्द्रमा भारी वर्षा भइरहेको हो । नवलपुरको दुम्कौली र डण्डामा मध्यम वर्षा भइरहेको छ ।

नारायणी नदी देवघाटमा जलसतहले सतर्कता तह पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा निरन्तर वर्षासँगै नारायणीमा भोलि समेत बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।