खोलाको बाढी हेर्न गएकी एक बालिकाको बगाएर मृत्यु  

काठमाडौँ ।  मकवानपुरमा बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ। 

बुधबार दिउँसो मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका- १८ कि १० वर्षीया रसमती बललाई बरौली खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ। 

उनी खेतमा गएकी र बाढी आएको हेर्न जाँदा खोलाले बगाएको प्रहरीको भनाइ छ। उनको शव घटनास्थलबाट आधा किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ। उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।