देशभर ४२ प्रतिशत धान रोपाई, चार दिनमै करिब ५६ हजार हेक्टरमा सम्पन्न

काठमाडौँ - देशभर ४२ प्रतिशत भान रोपाई सम्पन्न भएको छ । कृषि विभागको पछिल्लो विवरण अनुसार अनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर ४२.६ प्रतिशत रोपाई सम्पन्न भएको हो । 

देशभर चार दिनमा करिब ५६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको विभागले जनाएको छ । सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने उल्लेख गरिएको छ । सबै भन्दा बढी १ लाख ५० हजार ६२ ८६.२ प्रतिशत यहाँ रोपाई भइसकेको छ । 

यस्तै, सबैभन्दा कम मधेस प्रदेशमा धान रोपाई भएको विभागको तथ्याङ्क छ । ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टरमा रोपाई हुन सकेको छ ।