पहिरोले घर पुरिँदा एकजनाको मृत्यु  

 काठमाडौँ । वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो।

शर्मा घरमा एक्लै बस्ने गरेको वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए। आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए।