सर्जरीपछि यस्ती देखिइन् गायिका मेनुका पौडेल

काठमाडौँ । गायिका मेनुका पौडेलले कस्टमेटिक प्रोथेस्टिक शल्यक्रिया गरेपछि पहिलोपटक चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी छन् । गत वैशाखमा तिलगंगा अस्पतालमा मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक शल्यक्रिया गरिएको थियो ।

जहाँ उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा (आइबल) राखेपछि मेनुकाले चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी हुन् ।

अब मेनुकाले चस्मा लगाउनुपर्ने बाध्यता हटेको छ । यसअघि भने मेनुकाले चस्मा लगाउँदै आएकी थिइन्। यो सर्जरीपछि सामान्य व्यक्तिजस्तै देखिए पनि उनको आँखाको दृष्टि भने फिर्ता आउने छैन ।‍ कृत्रिम आँखाले नदेखे पनि चस्माबिना राम्रो देखिने भएकाले उनको आँखाको शल्यक्रिया गरिएको बताइएको छ ।

तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको समूहले कृत्रिम आँखा राखेको थियो ।