प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति

काठमाडौँ - प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेको सक्रियतामा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन दलहरु सहमत भएका हुन्। तर त्यसको विषय र प्रक्रिया र विषयका विषयमा भने पुन छलफल हुने बताइएको छ।

बैठकमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत भएका छन्। अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने तय भएको छ।