पुनः सम्पादन गरिएको  ‘रङ्गेली’ आजदेखि प्रदर्शन हुँदै  

काठमाडौँ । पुनः सम्पादन गरेर  घटाइएको चलचित्र  ‘रङ्गेली’   अहिले पनि प्रदर्शनरत छ । तर आजबाछ भने दर्शकले केही छोट्याइएके ‘रङ्गेली’ हेर्न पाउने भएका छन् ।

शुक्रबार रिलिज भएको चलचित्र ‘रङ्गेली’यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो चलचित्र आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।

चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताएका छन् । उनका अनुसार चलचित्र २१ मिनेट घटाइएको छ ।

‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।