२० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले  घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

दुबैजनालाई आइतबार साँझ साढे ५ बजे गैरीटोलबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।