इमाडोलमा भएको घटनाको वास्तविक के हो ? दुई बच्चासहित आमाको मृत्यु रहस्यमय !

काठमाडौँ - ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु प्रकरणको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 

इमाडोलको ओचुहाटइटमा बस्ने रविना महर्जनले उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनको हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको हो । 

शनिबार अपराह्न सवा ४ बजेतिर घरको तीन तलामाथिबाट झर्दै गरेको देखेपछि स्थानीयले रविनालाई उद्दार गरेर किस्ट अस्पताल लगेका थिए । कोठामा उनका दुई बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि साढे ४ बजे प्रहरीले घटनाबारे जानकारी पाएको थियो ।
पछि तीनै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए ।