माघमा कुमारी बैंकले ब्याजदर घटाउने, मुद्दति निक्षेपमा ८.११ प्रतिशत ब्याजदर दिने 

काठमाडौँ - कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

 बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याजदर दिएको छ। अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत र न्यूजतम ६.५० प्रतिशत मात्र ब्याज दिने भएको छ।

अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५० प्रतिशत निर्धारण गरेको छ । यसअघि माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जा अपेक्षा अनुसार प्रवाह हुन नसकेपछि बैंकहरुले अहिले ब्याजदर घटाउने निर्णयमा पुगेका हुन् ।