सुनको मूल्य घट्यो, माघ महिना लाग्नै लाग्दा तोलाको कतिमा हुँदैछ कारोवार ?  

काठमाडौँ - आज सुनको मूल्य घटेको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जनाएको छ । यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।  यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँ कायम छ ।