आजको शेयर बजार : सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन छन् ?  

काठमाण्डौँ - यो दिन आठ वटा अलगअलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन सकारात्मक सर्किट लागेका कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, त्रिशुली जलविद्युत कम्पनी रहेका छन् ।

यसैगरी,समाज लघुवित्त वित्तीय संस्था,निर्धन लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावरको सेयरमूल्य र मेगा म्युचुअल फन्डको इकाई मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै यो दिन  नौ प्रतिशत एसबीआई बैंक ऋणपत्रको इकाई सबैभन्दा धेरै अर्थात् ९.६० प्रतिशतले घटेको छ।