जलवायु परिवर्तनको जोखिम उच्च : पुनःउत्पन्न हुने रोग फैलिँदै

काठमाडौँ । नेपालमा जलवायु परिवर्तनको जोखिम उच्च रहेको  चिकित्सकहरुले निष्कर्ष निकालेका छन् । जलवायु परिवर्तनले स्वास्थ्यमा असर सम्बन्धि कार्यशालाबाट उनीहरुले यस्तो निष्कर्ष निकालेको हुन् ।जलवायु परिवर्तनको कारण नेपालमा पुनः उत्पन्न हुने रोगहरु फैलिदै गएको बताएका छन् ।

यसको स्वास्थ्य परिणाम विशेषत संक्रामक रोगहरु, नसर्ने रोगहरु र न्यूरोसेन्सरी प्रणाली लगायत आर्थिक प्रभावहरु, आवश्यक नविन समाधानका कार्यक्रममा सुधार आवश्यक हुनुपर्नेमा उनीहरुको जोड छ । उनीहरुले यसको लागि आवश्यक एकीकृत रोग निगरानी र प्रतिक्रिया प्रणाली लागु गर्नु पर्ने आवश्यक रहेको बताएका छन् ।