हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुरमा  मात्रै ३४ जनामा संक्रमित  

काठमाडौँ । काठमाडौँ  उपत्यकाका सहित प देशभरका पाँच जिल्लामा हैजा फैलिएको छ ।

साउन महिनायता मात्रै यी पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ।

महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा बढी ललितपरमा ३४ जनामा संक्रमण देखिएको हो। त्यसपछि कैलालीमा आठ, काठमाडौँ र प्युठानमा समान २(२ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो।

महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौँ र रुपन्देहीमा एक-एकजना गरी कुल ९ जनामा हैजा देखिएको बताए।

उनले कुल ४७ संक्रमितमध्ये ललितपुरका ३ जना मात्रै अस्पतालमा रहेको समेत जानकारी दिए।