आन्दोलनको स्वरुप परिवर्तन गरी जनतामा जान अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनको स्वरुप परिवर्तन गरी जनतामा जा निर्देशन दिएका छन् ।

शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गरेको बताए।

उनले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राखेको जानकारी दिए।

परिस्थिति जटिल भएको र त्यसका चुनौतीहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि उनले बताए।