वर्षाले तरकारीको भाउ बढ्यो, कुन तरकारीको मुल्य कति ? 

काठमाडौँ - आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउ र रायो सागको मूल्य बढेको छ ।

हिजो प्रतिकिलो ३२६ रुपियाँ रहेको डल्ले च्याउ ५६ रुपियाँले बढेर ३८२ रुपियाँ कायम भएको छ ।  त्यस्तै रायो प्रतिकिलो १२६ रुपियाँमा बिक्री भइरहेको छ । हिजो भने ७५ रुपियाँ रहेको थियो । यो किलोमा ५१ रुपियाँ महँगो भएको हो । 

साथै, कालिमाटीमा आज बन्दा ३०, रातो आलु ६६, डल्ले भन्टा ७५, भटमासकोसा १४०, करेला ८६, परवर ५६ र न्युरो ९६ रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।