मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय रामबहादुर घिसिङको बारीमा बस्ने दिक्पाल स्याङ्तानको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेको समयमा करेन्ट लागेर ३७ वर्षीय स्याङ्तानको मृत्यु भएको थियो ।

घटनाको अनुसनधान भइरहेको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।