चुनावअघि अडियो सार्वजनिक गरिएकामा रवि लामिछानेको असन्तुष्टि

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि जनाएका छन् । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन् ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।