१४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौँ । अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ की १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार राती घरमा कोही नभएको बेला बाबुले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषमाथि हाडनाताकरणी गरेको मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी एवम प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए।