सबैभन्दा बढी डाउनलोड हुने एप बन्यो इन्स्टाग्राम

काठमाडौँ । कुल एप डाउनलोड संख्याको आधारमा टिकटकलाई उछिन्दै इन्स्टाग्रामले पहिलो स्थान ओगटेको छ ।

चिनियाँ प्रतिद्वन्द्वी टिकटकको छोटो भिडियो राख्ने फिचरको नक्कल गरेसँगै अमेरिकी कम्पनीले प्रयोगकर्ता बढी पाएको हो ।

सन् २०२३ मा एक वर्षअघिको तुलनामा इन्स्टाग्रामको कुल एप डाउनलोड २० प्रतिशतले बढेर ७६ करोड ८० लाख पुगेको छ ।

इन्स्टाग्रामको रिल फिचरले टिकटकलाई पछि पार्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।टिकटकको डाउनलोड चार प्रतिशतले बढेर ७३ करोड ३० लाख पुगेको छ ।