आर्थिक वर्षको अन्त्यमा निर्धारित लक्ष्य हासिल गर्न सबै कार्यालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक वर्षको अन्त्यमा निर्धारित लक्ष्य हासिल गर्न सबै कार्यालयलाई निर्देशन दिएका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले समीक्षामा मातहतका कार्यालयहरूको भौतिक र वित्तीय प्रगति, माइलस्टोनहरू कार्यान्वयनको स्थिति लगायतका विषयमा महत्वपूर्ण छलफल भएको बताए।