ग्लोबल आइएमई बैंकद्धारा क्यासब्याक योजना सार्वजनिक

काठमाडौँ । पैसा आउने, थपेर पाउने नारासहित ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

बैंकले रेमिट्यान्स कारोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले ‘क्यासब्याक’ योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पठाउँदा एक सय रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पठाउँदा दुई सय रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढि पठाउँदा दुई सय ५० रुपैयाँ ‘क्यासब्याक’ प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ ।

ग्लोबल आईएमई बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा दुई सय ५० रुपैयाँसम्म थप गर्नेछ ।