रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ हुँदै, बलिउडका संगीतकर्मी निर्णायक हुने

काठमाडौँ ।  युवा पुस्ताले निकै रुचाउने र्‍याप गीतको रियालीटी शो र्‍याप व्याटल’ नेपालमा हुने भएको छ ।  आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै मायुजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा ‘र्‍याप व्याटल’ हुने भएको जानकारी दिइएको छ । 

अडिसन फेब्रुअरीबाट सुरु गर्ने युजिसा इन्टरनेसलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरु गर्ने जानकारी दिए । खानको अनुसार अप्रिलबाट र्‍याप ब्याटल नेपाल टेलिभिजनमा प्रसारण हुनेछ । शोमा नेपालीसँगै बलिउडका संगीतकर्मी पनि निर्णायक हुने उनले जानकारी दिए ।

अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ ।