एनआईसी एशियाले घटायो ब्याजदर, मुद्दति निक्षेपमा पैसा राख्दा कति ब्याज पाईन्छ ? 

 काठमाण्डौँ - बैंकको ब्याजदर निरन्तर घट्ने क्रम देखिएको छ । विगतमा मनोमानी ढंगले ब्याजदर बढाएर विवादमा फस्दै आएको एनआईसी एशिया बैंकले माघका लागि निक्षेपको ब्याजदर पुनः ह्वात्तै घटाएको छ । माघ १ गतेदेखि लागू हुने गरी एनआईस एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर न्यूनतम ६.२५० प्रतिशत कायम गरेको हो । 

माघ १ गतेदेखि एनआईसी एशिया बैंकमा ३ देखि ६ महिनाका लागि मुद्दति निक्षेप राख्न चाहनेले व्यक्तिगततर्फ सो ब्याज पाउनेछन् । ६ महिनादेखि ९ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ६.७५० प्रतिशत तोकिएको छ । ९ महिनादेखि १२ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत, १२ महिने अवधिका लागि ७.२५० प्रतिशत, १२ देखि १८ महिनेका लागि ७.५०० प्रतिशत, १८ महिनादेखि २४ महिने अवधिका लागि ७.७५० प्रतिशत र २४ महिनादेखि माथि १८० महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ८.०६५ प्रतिशत तोकिएको छ ।