प्रकाश सपूतको नयाँ गीत ‘खुलेर कुरा गरौँ’ सार्वजनिक

काठमाडौँ - गायक प्रकाश सपूतको महिनावारीसम्बधी सचेतनामूलक गीतिभिडियो  ‘खुलेर कुरा गरौँ’ सार्वजनिक भएको छ । 
सपूतको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतिभिडिओमा महिनावारीबारे समाजको अन्धविश्वासलाई चिर्ने प्रयास गरिएको छ । 

गीतको शब्द रचना पत्रकार तथा गीतकार डिबी खड्का र प्रकाश सपूतले गरेका छन् । प्रकाश सपूतकै संगीत रहेको गीतमा उनी लगायत तुलसी बोहोरा, रेखा जोशी र सुनिता बुद्ध क्षेत्रीले स्वर दिएका छन् । प्रकाश सपूतको कन्सेप्ट रहेको गीतमा भिडियोलाई सुनिल विकेले निर्देशन गरेका छन् । भिडिओमा प्रकाशसँगै केकी अधिकारी र सेविता अधिकारीले अभिनय गरेका छन् ।