आज सत्ता साझेदार दलको बैठक बस्ने  

काठमाडौँ । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ। बैठक बालुवाटारमा अपराह्न ४ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

आज बस्न लागेको बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।