कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै 

काठमाडौँ - नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज सुनाइ हुँदै छ ।

निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ ।