भक्तपुरमा दुई वटा स्कुटर एकापसमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु, महिला घाइते

काठमाडौँ । भक्तपुरमा तीव्र गतिका दुई स्कुटर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्की एक महिला घाइते भएकी छन् ।

सूर्यविनायक नगरपालिका- ७ गुण्डु तीनधारेमा मंगलबार बिहान बागमती प्रदेश ०२-०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२-०१७ प ५०१२ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बा प्र ०२ ०२२ प १७४८ नम्बरको स्कुटरका चालक सूर्यविनायक नगरपालिका ५ कटुन्जे थापागाउँ घर भएका २२ वर्षीया राजाराम थापा मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी बा प्र ०२-०१७ प ५०१२ नम्बरको स्कुटरकी चालक सूर्यविनायक नगरपालिका-५ की ४९ वर्षीया पार्वती नगरकोटीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।