'बरु सरकार छाडिन्छ तर अहिलेकै अवस्थामा बजेट पास हुन दिँदैनौ' : राजेन्द्र पाण्डे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् । 
आज काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनैपनि हालतमा बजेट पास हुन नदिने स्पष्ट पारे । उनले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०र ७५ करोड नुवाकोटमा गरी कुल २सय ३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य न्हुने चेतापनी दिए ।