आईपीएल : पञ्जाब र बैंगलुरु भिड्दै 

 काठमाण्डौँ - इन्डियन प्रिमियर लिग आईपीएलको ५८औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ । खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । 

यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ। पछिल्लो खेलमा बैंगलोर ४ विकेटले विजयी भएको थियो ।