कांग्रेस संसदीय दलको बैठक स्थगित, शुक्रबार बस्ने

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेसले आज दिउँसो २ बजेदेखि बस्ने भनेको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद्‌ भवनको ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको बैशाख २५ गते असामयीक निधन भएको र उनको आज अन्त्येष्टि गरिने भएकाले कांग्रेस संसदीय दलको बैठक स्थगित भएको हो ।