भारतको नैनितालमा जिप दुर्घटना हुँदा सातजना नेपालीको मृत्यु

काठमाडौं- भारतको नैनितालमा जिप दुर्घटना हुँदा सातजना नेपाली सहित एकजना भारतीय गरी आठजनाको मृत्यु भएको छ।

सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु घर फर्किँदै गर्दा जिप भीरबाट खसेको हो ।

मृत्यु हुनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहनुभएको छ ।

दुर्घटनामा छोट चौधरी र जनक घाइते हुनुहुन्छ । मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ।