शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - यो दिन सूर्यज्योति लाइफको सर्वाधिक अर्थात १८ करोड ८ लाख बढीको सेयर कारोबार भएको छ । गोखार्ज फाइनान्सको आज १६ करोड ५ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४५ लाख,नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोड ४६ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज जानकी फाइनान्स,नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० ९.९९ र ९.९९ प्रतिशत बढ्यो ।  यस्तै इमर्जिङ नेपालको ८.४५ प्रतिशत र प्रभु स्मार्ट फण्डको मूल्य ८.३० प्रतिशतले बढ्यो ।  

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन महुली लघुवित्तको सेयरमूल्य ५.३३,सबैको लघुवित्तको ४.४२ र समता घरेलु लघुवित्तको सेयरमूल्य ४.४२ प्रतिशतले घट्यो ।