राखी सावन्तका पति आदिल १४ दिन हिरासतमा रहने

काठमाण्डौँ - अभिनेत्री राखी सावन्तका पति आदिल खान दुर्रानी १४ दिन हिरासत रहने भएका छन् ।

राखीले विवाहेत्तर सम्बन्ध र ठगीको आरोप लगाउँदै सोमबार दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका आदिललाई अन्धेरी कोटले न्यायिक हिरासतमा पठाएको हो । समाचारका अनुसार उनी १४ दिन हिरासत बस्नेछन् ।

राखीले प्रहरीमा दर्ता गरेको एफआईआरमा आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको, घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको लगायतको आरोप लगाएकी छन् । आदिलले आफूलाई लामा समयदेखि यातना दिइरहेको समेत राखिको आरोप छ ।

राखी र आदिलले गत महिना मात्रै विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार आदिल र राखीले मे २०२२ देखि एकअर्कालाई डेट गर्थे । उनीहरुको मुम्बईमा एउटा डान्स एकेडेमी पनि छ ।-एजेन्सी